aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

रौतहटमा कुटपिट गरी एक युवकको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
रौतहटमा कुटपिट गरी एक युवकको हत्या

रौतहट । रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या भएको छ । कटहरीया नगरपालिका १ हनुमान टोलका २५ वर्षीय युवक संजिव यादवको कुटपिट गरी हत्या भएको हो । कुटपिट बाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवलाई उनकै टोलका राधे दासले राति बोलाएर लगेका थिए । साथी सँग निस्कीएको केही बेर पछि नै उनी गम्भीर अवस्थामा फेला परेपछि उपचारको लागि वीरगञ्ज लगिएको थियो ।

यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा राधे दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धाान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस