
काठमाडौं । रुसले आफ्ना देशका नागरिकलाई फिर्ता लगेको छ । काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको हो ।
रुसको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौं आएको थियो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी आज दिउँसो स्वदेश फर्काएको जनाइएको छ ।
नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को लागेको हो ।
नेपालमा कोरोना संक्रमित भेटिएसंगै अन्य देशहरुले आफ्ना नागरिकलाई विमान चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता लगिररहेका छन् ।
प्रतिक्रिया दिनुहोस