लामो समयसम्म संसारकै सर्वाधिक धनी व्यक्तिका रूपमा रहेका माइक्रोसफ्ट मालिक बिल गेट्स र उनको परोपकारी संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ माथि कोरोना महामारीको बिच मानवता विरोधी काम गरेको आरोप लागेको छ । अब अमेरिकी राष्ट्रपति कार्यालय र त्यहाँको संसद् (काँग्रेस)ले समेत उनले सञ्चालन गरेको विश्वव्यापी खोप कार्यक्रमबारे अध्ययन/अनुसन्धान गर्नै पर्ने बाध्यता सिर्जना भएको छ ।
आफ्नो सम्पत्तिको ठूलो हिस्सा एसिया र अफ्रिकाका बालबालिका र किशोरीको स्वास्थ्य सुधारका लागि खर्च गरेको भन्दै वाहिवाही कमाएका गेट्स दम्पती वास्तवमा मानव जातीको इतिहासमा नै अत्यन्तै अमानवीय सिद्ध हुनसक्ने गरी बालबालिकाको मार्ने र किशोरीमा बाँझोपन बढाउने काममा सक्रिय छन् भन्ने आरोप उनीहरूलाई लागेको छ । यो आरोप सँगै गेट्स दम्पतीको असलियत के हो भन्ने प्रश्न उठेको देखिन्छ ।
अमेरिकी कानुनले दिएको अधिकार प्रयोग गर्दै चर्चित बाल अधिकारवादी तथा खोप विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जुनियरको सक्रियतामा १० दिन अधि अप्रिल १० तारिखको दिन ‘उई दी पिपुल’ नामक प्लेटफर्म मार्फत व्हाइट हाउसमा उजुरी दर्ता गरेपछि अब बिल गेट्सको ‘देवता कि दानव’ भन्ने फैसला हुने भएको हो ।
‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ले चिकित्सकीय गलत गतिविधि र मानवता विरोधी अपराध गरेको हुनाले त्यसमाथि अनुसन्धान गरियोस् भन्ने शीर्षकमा ह्वाइट हाउसमा पेस गरिएको उजुरीमा लेखिएको छ– हामीले कोरोना भाइरसको महामारी सुरु भएको परिवेशलाई हेर्दा धेरै प्रश्नहरू अनुत्तरित रहेका छन् । सन् २०१९ को अक्टोबर १८ तारिख अर्थात् कोरोनाको उद्गम स्थलकारु प्मा चीनको वुहान सहर घोषणा हुनु भन्दा अगाडि मात्रा २ वटा महत्त्वपूर्ण घटनाहरू भए । जसमध्ये एउटा हो “इभेन्ट २०१” र अर्को वुहानमै सम्पन्न भएको “विश्व सैन्य खेल” । त्यसै बेला देखि विश्व व्यापिरुपमा खोप र मानिसहरूको वायोमेट्रिक ट्रयाकिगं पनि सुरु गरिएको छ ।
त्यो उजुरीमा अगाडि लेखिएको छ– यसको अग्रपङ्तीमा बिल गेट्स रहेका छन् । जसले खोपको माध्यमद्वारा संसारको जनसङ्ख्या वृद्धि १० देखि १५ प्रतिशत सम्म घटाउने सार्वजनिक घोषणा गरिसकेका छन् । गेट्स, युनिसेफ र डब्लूएचओलाई यसअघि नै केन्याका बालबालिकामा विचारित ढङ्गले टिटनासको खोपमा लुकाएर एचसिजी एन्टिजेन (जसले बालबालिकाहरूमा उनीहरूको प्रजनन क्षमतालाई नष्ट गरिदिन्छ) हालिएको विश्वासयोग्य आरोप लागिसकेको छ ।
अमेरिकी संसद् र अन्य सबै सरकारी निकायहरूले यस सम्बन्धी अध्ययन गरेर त्यसलाई सार्वजनिक गर्नु सो उजुरीमा माग गरिएको छ । अेमरिकी कानुन अनुसार एक महिनाको अवधि भित्र जम्मा १ लाख जनाले हस्ताक्षर गरेमा सो सम्बन्धी अनुसन्धान गर्नु पर्ने सरकारलाई बाध्यता पर्छ । तर, उजुरी पेस भएको १० दिनमा नै अर्थात् अप्रिल २० तारिकमा नै यो निवेदनमा हस्ताक्षर गर्नेको सङ्ख्या ३ लाख ३० हजार नाघिसकेको छ ।
ह्वाइट हाउस र अमेरिकी संसद्ले यसबारे कस्तो अनुसन्धान गर्ला ? निवेदनमा हस्ताक्षर कर्ताहरुलाई के जवाफ पठाउला त्यो त अब मे १० तारिख पछि सुरु हुने अध्ययनले नै देखाउँला । तर, बिल गेट्सको संस्थाले के त्यस्तो अपराध गरेको थियो भन्नेबारे चाहिँ अहिले नै चर्चा गर्नु बाल्छनिय हुन्छ ।
रक्षक नै भक्षक ?
बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसन (बिएनजिएफ) ले गरिब मुलुकहरूका पनि दूर दराजमा रहेका लाखौँ बच्चाहरूको लागि खोप कार्यक्रम सञ्चालन गर्दै आएका छन् । अफ्रिका र एसियाका त्यस्ता देशहरूमा सञ्चालित यो खोप कार्यक्रमले डरलाग्दो अवस्था सिर्जना गरेको आरोप लाग्दै आएको छ ।
भारतमा उनीहरूले चलाएको पोलियो खोपका कारण धेरै बच्चाहरू बिरामी भए । त्यो खोप लगाएपछि धेरै बच्चाहरूको ज्यान गयो । उता केन्यामा टिट्नासको खोप लगाएका ठुलो सङ्ख्यामा किशोरीहरूले प्रजनन क्षमता नै गुमाए । उदेकलाग्दो कुरा त यो छ की गेट्स फाउन्डेसनबाट सञ्चालित धेरै यस्तो कार्यक्रमहरूलाई डब्लूएचओ र युनिसेफले साथ दिएका छन् । यहाँ विरोधाभाषपुर्ण कुरा त यो छ की युनिसेफ त्यस्तो संयुक्त राष्ट्र सङ्घीय निकाय हो जुन बालबालिकाको रक्षाको लागि जिम्मेवार छ ।
अधिकारको ठाडो हनन
बिल गेट्सको देश अमेरिका र संयुक्त राष्ट्र सङ्घ मानव अधिकारको एक मात्र रक्षक आफू भन्दै दाबी गर्छन् । तर, तिनीहरूले नै चलाएको खोप कार्यक्रममा भने मानव अधिकारको थोरै पनि सम्मान गरिएको छैन । खोप लगाउने बच्चा र तिनका बाबुआमा, अभिभावक वा शिक्षक कसैलाई पनि त्यो खोपमा के छ भन्ने कुरा जानकारी दिइएन । नत उनीहरूबाट लिखित वा मौखिक सहमति नै लिने गरिन्छ । कतिपय सन्दर्भमा त सरकारबाट लिएको अनुमसिंग फर्जी भएको टिप्पणी सुनिने गरिएको छ ।
त्यसैले गेट्स फाउण्डेसनविरुद्ध कतिपय देशहरूमा त कानुनी उपचारको नै खोजी भइरहेका छ । केन्या, भारत, फिलिपिन्स लगायतका देशमा यो फाउन्डेसन विरुद्ध मुद्दा दर्ता भएको छ । तर, बिल गेट्स भने आफूलाई मसिहा झैँ ठान्छन् । खोपको माध्यमबाट जनसङ्ख्या घटाएर यो संसारको रक्षा गर्ने जिम्मा आफ्नो काँधमा आइलागेको उनको बुझाई छ । उनले खोपको माध्यमबाट संसारको जनसङ्ख्या १५ प्रतिशत सम्म घटाउने योजना रहेको बताउँदै गरेको भिडियो अहिले युट्बमा चर्चित छ ।
बिल गेट्सका कर्तुतका केही उदाहरण
मानवतावादको नाममा खोप सम्बन्धी व्यापार विस्तार गर्न उनको योजनाले तेस्रो विश्वका धेरै किशोरी र बालबालिकाले ज्यान गुमाए । लाखौँको सङ्ख्यामा मानिसहरूले दुख पाइरहेका छन् । यो सबैको पछाडि उनको विश्व कै स्वास्थ्य नीति माथि आफ्नो नियन्त्रण कायम गर्ने विश्लेषकहरू बताउँछन् ।
बिल गेट्सले पोलियो उन्मुलनका लागि छुट्ट्याएको १.२ बिलियन डलर मध्ये ४५० मिलियन डलर भारतमा दिएर त्यहाँको प्रतिरक्षा क्षमताबारे सल्लाह दिने कमिटीलाई आफ्नो पक्षमा पारे । त्यहाँ पाँच वर्ष मुनिका बच्चाहरूलाई पालियो खोप कार्यक्रम सञ्चालन गरियो । तर, विडम्बना सो खोप लगाएका कारण भारतमा १७ वर्ष भित्रमा ४ लाख ९० हजार बच्चाहरू प्यारालाइसिसका सिकार बने ।
अन्ततः सन् २०१७ मा भारत सरकारले बिल गेट्सको खोप कार्यक्रमलाई त्यहाँबाट फिर्ता पठाए । त्यो सँगै यसरी बच्चाहरूमा देखिने प्यारालाइसिसको समस्या पनि घट्यो । यस्तै घटना कंगो, अफगानिस्तान र फिलिपिन्समा पनि घट्यो ।
सन् २०१७ मा डब्लूएचओले पनि पोलियो खोपका कारण नै समस्या देखिएको कुरालाई स्वीकार गर्यो । सन् २०१८ मा संसारभर देखिएका पोलियोका घटनाहरुमो लगभग सो खोपको नकारात्मक प्रभाव देखियो ।
यस अघि सन् २०१४ मा गेट्स फाउन्डेसनले ग्ल्याक्सो स्मित क्लिनद्धारा निर्मित सङ्क्रमित यौन रोग विरुद्धको खोप एचपिभी भ्याक्सिनलाई भारतका ग्रामीण क्षेत्रमा रहेका २३ हजार किशोरीहरूका परीक्षण गरियो । जसमध्ये लगभग १२ सय जतिमा निकै कडा साइड इफेक्ट देखियो । ७ जनाको त मृत्यु नै भयो । पछि भारत सरकारले यसबारे अध्ययन गर्यो र गेट्स विरुद्धको मुद्दा अहिले त्यहाँको सर्वोच्च अदालतमा छ ।
सन् २०१० मा गेट्स फाउन्डेसनले मलेरियाको खोपको यस्तै परीक्षण अफ्रिकामा गरेको थियो । जहाँ १५१ जना अफ्रिकन बच्चाहरूको मृत्यु भयो । परीक्षण गरिएका ५ हजार ९ सय ४९ मध्ये १ हजार ४८ जनामा निकै ठुलो साइड इफेक्ट देखियो । कतिपयलाई प्यारालाइसिस नै भयो ।
तर पनि यस्ता धेरै घटनाहरू छन् जसका कारण मानिसहरूको मृत्यु भएको छ भने धेरैको जीवन बर्बाद भएको छ । बिल गेट्स किन यसरी गरिब देशका मानिसको जीवनसँग खेलिरहेका छन् ? मानिस बचाउने नारा लगाउँदै किन धेरैको ज्यान लिइरहेका छन् ? के औषधीको नाममा मानिसको शरीरमा विष घोल्नु मानवता विरोधी काम होइन ? उनलाई किन नरसंहारकारी नभन्ने ? यी प्रश्न विश्व कोरोनाको सङ्क्रमणमा परिरहँदा र कोरोना भाइरस फैलनु भन्दा केही समय अघि विश्वको ठुलो जनसङ्ख्याले भाइरस जन्य महामारीको सङ्कट भोग्नुपर्ने बिल गेट्सले घोषणा गर्दै गर्दा उठ्नु स्वाभाविक हो । यसको जवाफ सारा संसारले माग्दैछ ।
प्रतिक्रिया दिनुहोस