
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै कांग्रेस प्रवक्ताले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण माथि विजय हासिल गर्नु नै विश्व र नेपालको गर्नु प्रमुख रहेकोमा अन्य कुरा गौढ रहेकोमा जोड दिन आग्रह गरेका छन् ।
साथै हामी सबैको शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनुपर्नमा जोड दिएका छन् । उनले भनेका छन्, “नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन्र गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।”
प्रतिक्रिया दिनुहोस