काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ। सरकारले राजनीति दलसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि आकस्मिक रुपमा साढे बजेका लागि बोलाइएकोमा बैठक भर्खर शुरु गरिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेको बताएका थिए। मन्त्रिपरिषद बैठक सकिएलगत्तै उर्जामन्त्री वर्षमान पुन भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठकबारे जानकारी गराउन खुमलटार गएका छन् ।
प्रतिक्रिया दिनुहोस