aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भारतीय फरार व्यापारीको अनुरोध बेलायत अदालतद्धारा रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
भारतीय फरार व्यापारीको अनुरोध बेलायत अदालतद्धारा रद्द

एजेन्सी । बेलायत उच्च अदालतले भारत पठाउने विरुद्धको फरार व्यापारी विजय माल्याको अनुरोध खारेज गरेको छ ।  भारतको एक प्रमुख विजयको रूपमा हेरिएको छ । यस विषयमा निर्णय दिदै न्यायाधीश स्टीफन इरविन र न्यायमूर्ति एलिजाबेथ लाइंगले ईमेल मार्फत आदेश गरेका थिए । 

मदिराका बादशाह भनेर चिनिने ६४ वर्षीय विजय माल्याले भारतमा सुर्पूदगीको  आदेशको विरुद्ध निवेदन दिएका थिए ।  विजय माल्या उच्च अदालतको फैसलाको विरुद्ध सुप्रीम कोर्टमा जान सक्दछन्। 

यदि उनीहरूले १४ दिनमा सर्वोच्च अदालतमा यसको विरुद्ध अपील गरेनन भने उनीहरुलाई २८ दिन भित्र भारतमा बुझाउनु पर्नेछ  । यदि विजय माल्या सर्वोच्च अदालतमा गएनन भने उनलाई सुर्पूदगी गर्ने निर्णय गृहमन्त्री प्रीति पटेलको हातमा हुनेछ । 

विजय माल्या भारत छोडेर मार्च २०१६मा ब्रिटेनमा गएका थिए । उनीमाथि किंगफिशर एयरलाइन्स कम्पनीका लागि बैंकबाट ऋण लिएको र  भुक्तानी नगरी विदेश भागेको आरोप छ । करीव १० हजार करोड भारु ऋण रहेको बताइएको छ । हाल उनलको किंगफिशर एयरलाइन बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस