
एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारण कच्चा तेलको मूल्यमा भाारी गिरावट आएको छ । न्यूयोर्कले कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट जनाएको छ । विश्वव्यापी रूपमा जारी कोरोना संकटको बीचमा अमेरिकी कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट आएको हो ।
माग नभएका कारण तेलको मूल्य प्रति ब्यारेल ०.०१ डलर तल पुगेको छ । १८० भन्दा बढी देशहरू कोरोनाभाइरसबाट लकडाउनको शिकारमा छन् । कोरोनाभाइरस संकटको कारण विश्वमा तेलको मागको कारण यसको मूल्य लगातार घट्दै छ । इतिहासमा पहिलो पटक, कच्चा तेलको मूल्य यति कम पुगेको छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ । तेल उद्योगहरु थोरै माग र उत्पादकबीच उत्पादन कम गर्नेुपर्ने विषयमा सुरु भएको बहसका कारण पहिलेदेखि नै समस्यासँग जुधिरहेका छन् ।
यसै महिनाको सुरुवातमा ओपेक (तेल उत्पादक देशहरुको संगठन) सदस्य देशहरु र तिनका सहयोगीहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो ।
अप्रिल २० मा न्युयोर्कको तेल बजारमा उथलपुथल भएको थिया । तेलको मूल्य यति तल पुग्यो कि बोतलको पानीभन्दा सस्तो भयो । अमेरिकी बेन्चमार्क रेकर्ड कममा र मे महिनाको लागि तेलको मूल्य एक ब्यारेल १.५० डलरसम्म घट्यो । यो एक दिनमा कच्चा तेलको मूल्यमा ९० प्रतिशत गिरावट थियो ।
कच्चा तेलको आपूर्ति मेमा सम्झौता अप्रिल २१ मा समाप्त हुने छ। तर तेल खरिदकर्ता नै छैनन । किनभने विश्वको ठूलो जनसंख्या हाल घरहरूमा बन्द छ र विश्वका धेरै देशहरूले तेल प्रयोग गरिरहेका छैनन् ।
ट्रेडिंग सत्रमा बजारमा कच्चा तेलको मूल्य घटेको छ । न्युयोर्कमा युएस बेन्चमार्क वेस्ट टेक्सास इंटरमीडिएटमा सोमबार कच्चा तेलको सम्झौता ३०१.९७ प्रतिशतले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी वेस्ट टेक्सास इंटरमीडिएट कच्चा तेलको मूल्य सोमबार गिरावट भई प्रति ब्यारेल दुई डलरमा पुगेको छ । अघिल्लो दिन बजार खुल्दा, मूल्य प्रति ब्यारेल १०.३४ डलरमा झरेको थियो सन १९८६ भन्दा पछिको ठूलो गिरावट हो ।
प्रतिक्रिया दिनुहोस