aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

१० जना डिआइजीको पदस्थापन, कसले कहाको जिम्मेवारी पाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
१० जना डिआइजीको पदस्थापन, कसले कहाको जिम्मेवारी पाए ?

काठमाडौं । दरबन्दी कटौति पछि बढुवामा परेका नेपाल प्रहरीका १० जना डिआईजीले आइतबारबाट जिम्मेवारी पाएका छ । गृहमन्त्रालयले दर्ज्यानी चिन्ह लगाएका १० डीआईजीको पदस्थापन गरेको छ । 

 पदस्थापन गरिएका डीआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदी छन् । 

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, एकेडेमीमा प्रकाशजंग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुण बीसीलाई पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस