
पोखरा । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले चामलका बोरा बोक्दै सहयोग जुटेका छन । पहारीले पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यमा सोमबार ७ बोरा चामल र तेल सहयोग गरेका हुन । उनले अहिले तत्कालको आवश्यकतालाई हेरेर सहयोग गरेको आवश्यक परे हरेक दिन चामल तेल लगायतका खाद्यान्न सहयोग गर्न आफू प्रतिवद्ध भएको बताए ।
सांसद पहारीले भने “अहिलेको विषम परिस्थितिमा पौरखी स्वयमसेवी तयार भएर परोपकारको काममा जुटेको छ यो निकै प्रशंसनीय काम हो, म जनताको प्रतिनिधि हुँ ,आवश्यक परे नैतिक भौतिक सबै सहयोग गर्न तयार छु ।” उनले कास्कीका कुनै पनि जनताले गाँसबाँसको समस्यामा परे तुरुन्तै खबर गर्न समेत आग्रह गरे ।
उनले लकडाउन सरकारको रहर नभइ, जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले लकडाउन पालना गर्न पनि आग्रह गरे । पौरखीका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधीबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगकोलागि वचन दिएको बताए । उनले दैनिक २० देखि २२ जना स्वयम्सेवकल सेवामा जुटेको बताऐ । तिमिल्सीनाका अनुसार सोमबार मात्रै पौखरीले पोखरा महानगरका करीब ११ सय जनालाई घरमै खाना पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले यो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारी समेत यस अभियानमा छन । पौरखीले सहयोगीमनबाट स्वत स्फूर्त जिन्सि सहयोग जुटेको तर कसैसँग नगद नलिएको बताए । उनले सोमबारनै शैलेन्द्र रावतबाट तीन कार्टुन तेल सहयोग भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस