aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी

उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार उनको मुटुको शल्यक्रिया पछि उनी गम्भीर बिरामी परेका हुन्। 

यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्य खराब बनेको पश्चिमा सञ्चारमाध्यमहरुले अड्कल काटेका थिए। त्यसको चार दिनअघि अर्थात् अप्रिल ११ को सरकारी बैठकमा भने उनी सहभागी थिए।  यद्यपि, महत्त्वपूर्ण समारोहमा उनको अनुपस्थिति के कारणले भएको हो भन्नेबारेभने यकिन जानकारी आउन सकेको छैन।

विगतमा यस्ता समारोहमा उत्तर कोरियाली नेताको अनुपस्थितिले महत्त्वपूर्ण घटनाको संकेत गरेका थिए।  सन् २००८ मा पनि किम जोङ इल उत्तर कोरियाको ६०औं वार्षिकोत्सवमा अनुपस्थित भएका थिए। पछि उनलाई स्ट्रोक भएको खुलासा भएको थियो।

प्रतिक्रिया दिनुहोस