aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भारतका यी क्षेत्रमा खुकुलो पारियो लकडाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
भारतका यी क्षेत्रमा खुकुलो पारियो लकडाउन

भारत । भारतमा कोरोना भाइरस रोकथामका लागि लगाएको राष्ट्रव्यापी लकडाउन केही खुकुलो पारेको छ। खाद्यान्न अभावबाट बच्नका लागि केहि क्षेत्रलाई पुनः संचालन गर्ने अनुमति दिइएको हो।

कृषि व्यवसाय, खेतीपाती र माछा पालनमा लगाइएका प्रतिबन्धहरु खुकुलो हुनेछ। बाली काट्ने र दैनिक मजदुरी क्षेत्रहरूमा काम गर्नेहरुलाई पुनः काममा लाग्न सरकारले अनुमति दिएको छ।त्यस्तै दैनिक ज्यालादारी गर्ने हजारौं मानिसहरूको आयको श्रोत मानिएको सडक र पानीको लाइन निर्माण जस्ता महत्वपूर्ण सार्वजनिक काम सामाजिक दूरी अन्तरगत रहेर काम गर्नेगरी अनुमति दिइएको छ।

बैंक, एटीएम, अस्पताल, क्लिनिक, फार्मेसी र सरकारी कार्यालय खुला रहनेछन् भने  प्लम्बर, इलेक्ट्रीसियनहर सिकर्मीहरूलाई  समेत काम गर्ने अनुमति दिएको छ।

तर सबै व्यवसाय र सेवाहरू पुनः खोल्दा भने सामाजिक दूरीको मापदण्डमा रहनुपर्नेछ। यी बाहेक अन्य कामका लागि अनुमति दिइएको छैन।

प्रतिक्रिया दिनुहोस