
काठमाडौं । मन्त्रीपरिषदको सोमबार बसेको बैठकबाट दुई नयाँ अध्यादेश जारि भएसँगै देशमा राजनीतिक तरंग उत्पन्न भएको छ । यो घटनासँगै बिभिन्न समुदाय र पार्टीहरुले बिरोध जनाइरहेका छन् ।
यसैगरि मौलिक जरोकिलो पार्टीलेसमेत एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रति मौलिक जरोकिलो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता लक्ष्मण पोखरेलद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ । ‘कोरोना संकटको कारण देशव्यापी लकडाउनमा रहेको अहिलेको अवस्थामा सरकारको सम्पूर्ण शक्ति र संकटको समाधानतिर लगाउनु पर्नेमा सरकारलाई यस्ता असान्दर्भिक एवं अवाञ्छित अध्यादेश जारी गर्नतिर नलाग्न सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस