aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कुहिएको राहत बाँड्ने मेयरसहित १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
कुहिएको राहत बाँड्ने मेयरसहित १० जना पक्राउ

काठमाडौं । राहतका लागि कुहिएको दाल बेचेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर सहित १० जना पक्राउ परेका छन् । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, विपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा मेयर राजेश राय यादवसहित १० जना पक्राउ परेका हुन् ।

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत २८ गते उपमहानगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो। त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो। प्रहरीले यसैमा संलग्न मेयर सहित अन्य १० जनालाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस