
काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको दोस्रो पटक थप गरि बैशाख १५ गते मध्यरातसम्म लकडाउनको सामयावधि पूरा हुन एक हप्ता बाँकी रहँदा काठमाडौं उपत्यकाबाट बाहिरिने संख्या उल्यख्य बृद्धि भएको छ ।
रोडमा अत्यावश्यकीय सवारीसाधनहरुमात्र आवत जावत गर्न दिइए पनि फुटपाथका बाटो टम्म भरिने गरि लामा लस्कर सर्बसाधारणको ताँती देख्न सकिन्छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रिपरिषद् बैठकले लकडाउन पनि थप ८ दिनका लम्ब्याउने निर्णय गरेको थियो । साथै संक्रमितको संख्या थपिँदै गएपश्चात लकडाउनको मिति बैशाख १५ गतेसम्म पुर्याइएको छ । सरकारले नेपालको इतिहाँसमा पहिलो पटक गत चैत ११ गतेदेखि लागू हुने गरि १८ गते बिहान ६ बजेसम्मका लागि मात्रै लकडाउनको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस