aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

संसद्मा राजश्व चुहावट संशोधन विधेयक पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
संसद्मा राजश्व चुहावट संशोधन विधेयक पेश

‘राजश्व चुहावट–अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्नुभएको हो । यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

विरोधको सूचनामार्फत् सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सदाचारका मूल्यमान्यता अनुरुप काम नगर्ने कर्मचारीलाई कानूनअनुसार कारवाही हुने बताएको थियो ।

कर उन्मुक्ति हुने क्षेत्रमा सरकारको ध्यानाकर्षण भएकाले थप व्यवस्थित हुने उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा खोलिएका खातावालालाई कारवाही गरिने प्रतिबद्धतासमेत मन्त्री खतिवडाले जनाए ।

प्रतिक्रिया दिनुहोस