
चितवन । नेपाल विद्युत प्राधिकरण चनौली केन्द्रले विद्युत महशुल अनलाइन मार्फत बुझाउन ताकेता गर्न थालेको छ । मंगलबार इ. शिशिर लम्सालद्वारा हस्ताक्षरीत एक सूचाना जारी भए पश्चात लकडाउनमा थुनिएका सर्वसाधारणा तथा उद्योगीहरु त्रसित भएका छन् ।
प्राधिकरणको चनौली वितरण केन्द्रले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र फैलन नदिन गरिएको लकडाउनका कारण विलिङ काउन्टर सञ्चालनमा नभएकोले अनलाइन मार्फत भुक्तानी गर्न भनिएको छ ।
देश लकडाउनको अवस्थामा रहेका बेला १ लाख सम्मको महशुल अनलाइन मार्फत र १ लाख भन्दा बढी तिर्नु पर्दा एनसीसी बैंकको खाता नं. १११००००००१३०१ तथा कृषी विकास बैंकको खाता नं. ०५०८८०१४७३३९१०१३ मा दाखिला गर्न सूचना जारि गरेको छ ।
साथै महशुल बुझाएको सक्कल भौचर इमेल ठेगानामा सकेसम्म सोहि दिन स्क्यान कपी पठाउनसमेत ताकेता गरेको छ ।
प्रतिक्रिया दिनुहोस