
काठमाडौं । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मिमा समेत कोरोना संक्रमण देखिएको छ । काठमाडौमा कार्यरत २ जना नर्समा र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
हाल टेकु अस्पतालमा आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पताल सम्वद्ध स्रोतले जनाएको छ । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि हुँ अझै बाँकी नै रहेकोले अहिले नै संक्रमित भनिहाल्न नहुने बतायो ।
अब उनीहरुको पीसीआर विधिबाट गरिएको परीक्षणबाट प्राप्त हुने नतिजाले मात्र ति नर्सहरु संक्रमित रहे नरहेको पुष्टि हुनेछ । स्रोतले भन्यो, '२ पटकको र्यापिड टेष्टमा संक्रमण ‘पोजेटिभ देखिएकोले आइसोलेशनमा राखिएको हो ।
आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपनि पीसीआर विधिबाट परीक्षण गर्दा धेरैमा नेगेटिभ देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस