
काठमाडौं । चीनकाे उहान शहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ६ बजेसम्म थप २ हजार ८०२ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार २३१६ पुगेको हो ।
अमेरिकामा ८ लाख १९ हजार ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ०४६ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९१ हजार ५ सय ६६ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको विभिन्न राज्यहरुमा गरि ४१ लाख ५५ हजार १ सय ७८ जनालार्इ कोरोनाभाइरस (कोभिड–१९) परिक्षण गरिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दिनानु दिन उच्च दरले बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस