aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

रामेछापमा बस दुर्घटनाहुँदा २८ जना घाइते, दुईको अवस्था गम्भिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
रामेछापमा बस दुर्घटनाहुँदा २८ जना घाइते, दुईको अवस्था गम्भिर

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । 

काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ  । 

दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। 

 

प्रतिक्रिया दिनुहोस