
अमेरिका । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा ६० दिनका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थत ६० दिनका लागि रहेको स्पष्ट पारेका हुन् ।
यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।
ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेर त्यसबारे लगत्तै केही जानकारी नदिएका ट्रम्पले मंगलबार त्यसलाई स्पष्ट पारेका हुन् ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अनेत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस