aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

डब्लूएचओका चालक म्यान्मारमा मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
डब्लूएचओका चालक म्यान्मारमा मारिए

म्यान्मार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक चालक म्यानमारमा मारिएका छन्। सोमबार कोरोना भाइरस ९कोभिड–१९० को नमुना संकलन गर्दै हिँडिरहेका प्यइ सोन विन मउङ नाम गरेका चालकको गोली लागेर मृत्यु भएको हो।

म्यान्मारको द्वन्द्वग्रस्त क्षेत्र राखीनी राज्यमा संयुक्त राष्ट्रसंघ अंकित गाडी चलाइरहेका बेला उनलाई गोली लागेको हो। त्यस क्षेत्रमा पछिल्लो साता सशस्त्र जातीय समूह आरकनको सेना र सरकारी सेनाबीच तनाव सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ।

दुबै पक्षले डब्लूएचओका चालक मारिनुको दोष एक अर्कालाई लगाइरहेका छन्। तर ती दुबै पक्षले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस