aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इरानले पहिलो सैन्य स्याटेलाइट प्रक्षेपण गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
इरानले पहिलो सैन्य स्याटेलाइट प्रक्षेपण गर्यो

इरान । इरानले आफ्नो पहिलो सैन्य स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको घोषणा गरेको छ । मिसाइलको विकासलाई ढाकछोप गर्न इरानले स्याटेलाइट प्रक्षेपण गरेको अमेरिकाले आरोप लगाइरहेका बेला पहिलो सैन्य स्याटेलाइट अन्तरीक्षमा पठाएको इरानले जनाएको छ । 

‘इस्लामिक रिपब्लिक अफ इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सफलतापूर्वक आफ्नो पहिलो स्याटेलाइट अन्तरीक्षमा पठाएको छ,’ आईआरजीसीले बुधबार आफ्नो वेबसाइटमार्फत् भनेको छ ।

‘इस्लामिक इरानका लागि अन्तरीक्षमा नयाँ विकास भएको र इरान ठूलो सफलता हासिल गरेको छ,’ वेबसाइटमा भनिएको छ । 

यसले म्यासेन्जरको रुपमा काम गर्ने बताइएको छ । विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको र इतिहासमै पहिलो पटक अत्यधिक मात्रामा तेलमा गिरावट आइरेहको बेला इरानले मिसाइल लन्च गरेर नयाँ इच्छाशक्ति प्रकट गरेको जनाइएको छ  ।अलजजिरा 

प्रतिक्रिया दिनुहोस