
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । २३ टन औषधि नेपाललाई सहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई धन्यवाद भनेका हुन् ।
‘कोभीड १९ को महामारीसँग लड्न नेपाललाई २३ टन आवश्यक औषधि सहयोग गरेकोमा मैले प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले लेखेका छन्, ‘औषधिहरू नेपालका लागि भारतीय राजदूतमार्फत स्वास्थ्यमन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस