aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वडाध्यक्ष कुट्ने ७ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
वडाध्यक्ष कुट्ने ७ जना पक्राउ

जाजरकोट । कुटपिट तथा वडा कार्यालयका विभिन्न कागजात च्यात्ने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन् । जुनीचाँदे गाउँपालिका २ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।

उनीहरुले आफूहरुलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने बिषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

कुटपिटबाट घाइते भएका वडाध्यक्षको सुर्खेतमा उपचार भइरहेको छ भने पक्राउ परेकाहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस