
काठमाडौं । एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् । छुट्टाछुट्टै तीन स्थानमा बुधबार तीन जना मृत फेला परेका हुन् ।
पाल्पाको पूर्वखोला गाउँपालिका ४ देवीनगर डढुवावनमा सोही गाउँपालिका ४ तल्लो लेमधेम बस्ने ७३ वर्षीय बदलसिंह कवर मगर मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बगैंचाटोलस्थित सेफ हाउसमा बसेका ६५ वर्षीया सूर्य माया राई मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरि, सल्यानको दार्मा गाउँपालिका ६ बस्ने ५९ वर्षीय सदे बस्नेत आफ्नै घरको आँगनमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस