aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अमेरिकामा दुई विरालामा पनि भेटियो कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
अमेरिकामा दुई विरालामा पनि भेटियो कोरोना संक्रमण

अमेरिका । अमेरिकाको न्युयोर्कमा दुई घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । यी बिरालोको टेस्टको नतिजा बुधबार आएको हो । 

सिडिसीका अधिकारीहरुले यी दुवै बिरालो दुई भिन्न परिवारको भएको बताएका छन् । पहिलो पटक घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अमेरिकामा चिन्ता बढेको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ । यसअघि अमेरिकाकै एक चिडियाघरमा पहिलो पटक बाघ र सिंहमा पनि कोभिड १९ देखिएको थियो ।

अमेरिकामा यी बिरालोमा कोरोनाभाइरस संक्रमण देखिए पनि ती परिवारका कुनै सदस्यमा कोभिड १९ नदेखिएको बताइएको छ । ती परिवारका कुनै पनि सदस्यमा कोरोनाभाइरसका लक्षण नदेखिएपछि चिन्ता थप बढेको बिबिसीले जनाएको छ । यीमध्ये एक बिरालोको मालिकको कोरोनाभाइरस पोजेटिभ आएको छ ।

तर, योसँगै सिडिसी र अमेरिकी कृषि विभागले मानिसहरुलाई घरपालुवा जनावरलाई बेघर नगर्न अनुरोध गरेका छन् । अहिलेसम्म जनावरबाट मानिसमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि नभएकाले यी दुई संस्थाले मानिसहरुलाई संयम रहन पनि अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस