aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव  रहेको जनाएको छ । 

यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू–भागका थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस