aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्यो

काठमाडौं । औषधि लिन श्री एअरलाइन्सको जहाज सिङ्गापुर उडेको छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज सिङ्गापुर उडेको हो ।

गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि लिन आज विहान साढे ७ बजे जहाज सिङ्गापुर उडेको हो ।

जहाज आजै नेपाल फर्कने छ। सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरलाइन्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस