aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अमेरिकाले पुनर्विचार गरोस्: डब्ल्यूएचओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
अमेरिकाले पुनर्विचार गरोस्: डब्ल्यूएचओ

अमेरिका । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’ अमेरिकी सांसदहरुले राजीनामा मागेको सन्दर्भमा उनले मानिसहरुले जीवन बचाउन काम गरिरहने बताए ।

डब्ल्यूएचओ प्रमुख एडहानोमले कोरोना भाइरसको महामारी तत्काल नरोकिने संकेत गर्दै भनेका छन्, ‘पश्चिमी यूरोपका केही देशमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी यूरोपमा प्रकोप बढ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस