aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दल दर्ता गर्न निर्वाचन आयोग पुगे नवगठित जनता समाजवादीका नेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
दल दर्ता गर्न निर्वाचन आयोग पुगे नवगठित जनता समाजवादीका नेता

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरुले नवगठित पार्टी बैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र, पार्टी पद्धतीलाई कमजोर बनाएर एकदलीय व्यवस्था लाद्न खोजेको आरोपसमेत लगाए । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर लोकतन्त्रमाथि नै प्रहार गर्न खोजेको भन्दै उनीहरुले तत्काल अध्यादेश फिर्ता लिई संसद बैठक बोलाउन पनि माग गरे ।

हिजो मध्यराती राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी नेपाल गठन भएको थियो । नवगठित पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको कायम गरिएको छ । पार्टीको वरीयता क्रममा महन्थ ठाकुर पहिलो, डा. बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो नम्बरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस