aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अन्ततः अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
अन्ततः अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन तयार भएका छन् । चौतर्फी विवाद भएपछि अध्यादेश फिर्ता लिन अन्ततः प्रधानमन्त्री तयार भएका हुन् । 

बलुवाटार समाचार श्रोतका अनुसार आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री बिच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । समाचार श्रोतका अनुसार नेता नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने बताएका थिए । 

यता, संविधानको धारा ११४ को उपधारा २ ‘खमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस