aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

शान्ति सुरक्षा र अमन चैनका लागि नागरिक जिम्मेवारी धेरै छः मेयर शाक्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
शान्ति सुरक्षा र अमन चैनका लागि नागरिक जिम्मेवारी धेरै छः मेयर शाक्य

नागरिक सचेतनाले मात्र समाजमा शान्ति सुरक्षा र अमन चैन कायम हुने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बर्दी लगाउनेले मात्र सुरक्षाको जिम्मा लिनुपर्छ भन्ने ठान्नु नहुने बताए । 

सोमबार जनसेवा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र, जनसेवा र महानगरीय प्रहरी वृत्त जनसेवाले आयोजना गरेको सुरक्षा सुदृढीकरण बिषयक अन्तरक्रियामा मेयर शाक्यले भने — बर्दी लगाउने पनि एक दिन समाजमा नै आउँछन् । हामी जनप्रतिनिधि पनि तपाईसँगै आउँछौ. । 

हामीले निश्चित समयका लागि जिम्मेवारी लिएका हौं । समाजमा बस्ने हरेक नागरिक बर्दीबिनाका प्रहरी बन्ने हो भने समाजमा शान्ति सुरक्षा कायम गराउन समस्या छैन । प्रहरीले गरे पनि हामीले गरे पनि नागरिककै सेवा गर्ने हो । जसले लाभ लिने हो, ऊ पनि आफ्ना दायित्वप्रति जिम्मेवार हुनुपर्छ । 

अन्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले — समाजमा नयाँ खालका सुरक्षा खतरा बढेको बताए । अहिले संगठित अपराधको तुलनामा लेनदेन, साइबर क्राइम, लागू औषधको प्रयोगबाट सृजित घटना बढेका छन् । हिंसालगायतका अपराधलाई हामी निगरानी गरिरहेका छौं । 

यस्ता अपराध व्यवस्थापन गर्न व्यक्तिमा आउने सजगता र सम्भावित घटनाको पूर्वअनुमान क्षमता बढाउनु पर्ने  । उनको भनाई  थियो ।

सोही अवसरमा बोल्दै प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले — काठमाडौंको कालोपुलमा घटेको एसिड प्रहारको घटना, ललितपुरमा जेठाजुले गरेको बुहारी हत्याको घटना र यी घटनाको प्रकृति हेर्दा घरभित्रै अपराध हुने गरेको र यसप्रकारका अपराधमा अपराधीभन्दा सामान्य प्रकृतिका मानिस सहभागी हुने गरेको अहिलेको समाजको अवस्था भएको उल्लेख गरे । यस्ता घटनामा प्रहरीको मात्र भन्दा पनि हरेक नागरिकको सक्रियता चाहिन्छ, पोख्रेलकोले भने । 

अन्तरक्रियामा बिद्यालयका बालबालिकाले — हामी स्कूल जाँदा वा फर्किदाँ जहाँबाट पनि अपहरणमा पर्न सक्छौं । अब कसरी बचाउनुहुन्छ ? लागु औषधको प्रयोग गर्ने मान्छे देख्दा सुरक्षित छौं जस्तो नै लाग्दैन । उनीहरुलाई कसरी हटाउनुहुन्छ ? सडकमा भेटिएका प्रहरीले मीठो बोल्दैनन्, उनीहरुबाट कस्तो प्रकारको सहयोगको अपेक्षा गर्ने? भित्री वडामा प्रहरी बिट नभएका ठाउँमा कहिलेसम्ममा प्रहरीको उपस्थिति पु¥याउनुहुन्छ? जस्ता प्रश्न राखेका थिए । यी प्रश्नहरुको प्रहरी उपरीक्षक सिंहले उत्तर दिएका थिए । 

प्रहरी र नागरिकका बीचमा सम्बन्ध सुधार गर्नुपर्छ । एकले अर्काप्रति बिश्वास र सहयोग गर्नुपर्छ । शान्त र सुरक्षित समाज निर्माण गर्ने बिधि यही नै हो । 

कार्यक्रममा जनसेवा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र, जनसेवाका अध्यक्ष बिकासभक्त श्रेष्ठले आपसी सम्बन्धमा जोड दिए । 

भवन निमार्णको लागि ७ करोड रूपैया लागत अनुमान गरिएको छ । भवन निमार्ण गर्दा जेष्ठ नागरिकको आवजजावत ताथद अन्य क्रियाकलापलाई मध्यनजर गरी जेष्ठ नागरिकमैत्री बनाउने सेवा केन्द्रले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस