aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

चीनले फेरि दियो डब्लूएचओलाई ३ करोड अमेरिकी डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
चीनले फेरि दियो डब्लूएचओलाई ३ करोड अमेरिकी डलर

चीन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनले फेरि ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोरोना भाइरस महामारीविरुद्ध लड्न भन्दै चीनले हालै यस्तो सहयोगको घोषणा गरेको हो ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्ने भनेको केही दिनमै चीनले यस्तो सहयोगको घोषणा गरेको हो ।

चीनले ३० मिलियन अमेरिकी डलर रकममा सहयोग गर्ने जनाएको छ । यसअघि नै २० मिलियन डलर चीनले सहायता गरिसकेको छ । चीनले यस्तो रकम विकाशोन्मुख देशमा कोरोना महामारी विरुद्ध लड्न सघाउ पुग्ने भन्दै विश्व स्वास्थ्य संगठनलाई सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस