aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अमेरिकामा ज्यान गुमाउनेको संख्या झण्डै ५० हजार पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
अमेरिकामा ज्यान गुमाउनेको संख्या झण्डै ५० हजार पुग्यो

काठमाडौं । कोरोनाले अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिए यता अमेरिकामा मात्रै कोरोनाका कारण ४९ हजार ७९६ जनाको ज्यान गइसकेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ११० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३५६ को ज्यान जाँदा अमेरिकामा मात्रै २१ सय भन्दा धेरैको ज्यान गएको हो । 

२४ घण्टामा ८३ हजार ८२९ कोरोनाका नयाँ संक्रमित भेटिँदा अमेरिकामा मात्रै ३० हजार ७१३ छन् । हाल अमेरिकामा मात्रै ७ लाख ४४ हजार ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार ९९७ को अवस्था गम्भीर रहेको छ । 

विश्वभर झण्डै २ लाखले ज्यान गुमाएका छन् भने २७ लाख बढि संक्रमित रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस