aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अमेरिकाले ल्यायो साना ब्यापारीका लागि ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
अमेरिकाले ल्यायो साना ब्यापारीका लागि ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज

अमेरिका । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज पारित गरेको छ ।

संसदले पारित गरेको नयाँ प्याकेजअनुसार ३ खर्ब १० अर्बको कोष साना ब्यापारीका लागि हो, जसका कारण ती ब्यापारीले आफ्ना कर्मचारीलाई तलब दिन सकुन् ।

नयाँ राहत प्याकेजअनुसार अस्पतालले ७५ अर्ब अमेरिकी डलर पाउनेछन् भने कोरोना भाइरस टेस्टका लागि २५ अर्ब डलर पाउनेछन् ।

यसअघि गत महिना अमेरिकाले अहिलेसम्मको ठूलो २० खर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस