
काठमाडौं । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् ।
वलडो मिटर डट इन्फोको अनुसार भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस