
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर बिरामी परेको भन्ने कुरा आफूलाई सत्य नलागेको बताएका छन् । कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा बिहीबार ह्वाइट हाउसमा ट्रम्पले उत्तर कोरियाका नेता किमको स्वास्थ्य सम्बन्धी टिप्पणी गरेका हुन् ।
पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेता किम गम्भीर बिरामी परेको र जीवनसँग संघर्ष गरिरहेको दाबीसहितका खबर आएका छन् ।
तर ट्रम्पले भने ती खबरहरु सत्य नरहेको हुन सक्ने बताएका हुन् । अहिले किमको स्वास्थ्य सम्बन्धी विभिन्न दाबीसहित आएका खबरहरु पुरानो जानकारी वा तथ्यसँग सम्बन्धित रहेको ट्रम्पले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस