aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

इरानी गनबोटहरुले अमेरिकी जहाजलाई दुःख दिए नष्ट गरिदिनुः ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
इरानी गनबोटहरुले अमेरिकी जहाजलाई दुःख दिए नष्ट गरिदिनुः ट्रम्प

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी नौसेनालाई समुद्रमा दुःख दिन खोज्ने सबै इरानी वा कुनै पनि जहाजलाई गोलाबारी गरी नष्ट गर्ने आदेश दिएका छन्।

इरानले पहिलो सैन्य सेटेलाइटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरे घण्टौपछि ट्रम्पले नौसेनालाई यस्तो आदेश दिएका हुन्। मैले नौसेनालाई हाम्रो जहाजलाई दुःख दिने कुनै पनि र सबै इरानी गनबोटलाई गोलाबारी गरेर नष्ट गर्ने निर्देशन दिएको छुु, ट्वीटरमा ट्रम्पले लेखेका छन्।

नौसेनालाई आफ्नो प्रतिरक्षा गर्ने अधिकार छ। ट्रम्पको पछिल्लो अभिव्यक्तिले त्यो थप बढ्ने देखिएको छ। यसले इरान र अमेरिकाबिच थप तनाव उत्पन्न गर्नसक्नेछ।

बुधबार ह्वाइट हाउसमा गरिएको ब्रिफिङमा ट्रम्पले सेनाले आफ्नो नियम परिवर्तन गरि नरहने स्पष्ट पारे। पेन्टागनका वरिष्ठ अधिकारीहरुले ट्रम्पको इरानमाथिको टिप्पणी तेहरानका लागि चेतावनी भएको बताएका छन्।

इरानी सशस्त्र सेनाका प्रवक्ताले संयुक्त राज्यले आफ्नो सेनालाई कोरोना भाइरसबाट जोगाउने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। एजेन्सी 

प्रतिक्रिया दिनुहोस