aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
महामारी

कोरोना भाइरसले पारेको आर्थिक प्रभाव र समाधानका उपायहरू

  • डा. बद्रि प्रकाश पोखरेल
    डा. बद्रि प्रकाश पोखरेल
  • शुक्रबार, १२ बैशाख २०७७
कोरोना भाइरसले पारेको आर्थिक प्रभाव र समाधानका उपायहरू

काठमाडौं । सन् २०१९ मा चीनको वुहानबाट सुरु भई महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वकै अर्थतन्त्रलाई प्रभावित बनाएको छ । हालसम्म यस भाइरसको कारण विश्वभरका २१० वटा देशहरू प्रभावित भई १ लाख ९१ हजार ५५ जनाको मृत्यु जनाको मृत्यु भई सकेको छ भने २७ लाख २५ हजार ३ सय ९० जना प्रभावित भएका छन् । नेपालमा पनि यस भाइरसको प्रभावबाट विगत्त एक महिनादेखि लकडाउन भइरहेको छ । नेपालमा पनि हालसम्म ४८ जना यो रोगबाट प्रभावित भएका छन् ।

डा. बद्रि प्रकाश पोखरेल
यस भाइरसको कारण नेपालमा पनि लकडाउन भएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द छन् । जसले सम्र्पूण अर्थव्यबस्थामा प्रभाव परिरहेको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले गर्दा बल्लबल्ल माथि उठ्न लागेको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन, उद्योग, कृषि, मनोरञ्जन, शैिक्षक संस्था, कलकारखाना, उत्पादन, व्यापार, व्यवसाय, बंैक तथा वित्तिय संस्था, विप्रेषण, वैदेशिक लगानी र विकास निर्माण आदि क्षेत्रलाई नराम्रोसँग असर गरेको छ । 

पर्यटन क्षेत्रमा परेको असर
कोरोना भाइरसको कारणले गर्दा नेपाल सरकारले सावधानी अपनाउन र कोरोना भाइरस नफैलियोस् भन्नका लागि सन् २०२० मनाउन लागेको भ्रमण वर्ष स्थगित गरेको छ । अहिले नेपाल सरकारले अन्तराष्ट्रिय एयरपोर्ट र राष्ट्रिय एयरपोर्टहरू, विदेशी नाकाहरूलाई अत्यावश्यक काम बाहेक मानिसहरूको आवजजावत तथा हिड्डुल बन्द गरेको छ । 

जसको कारणले गर्दा हवाई क्षेत्र, यातायात, होटल, रेष्टुरेन्ट, मठ मन्दिर क्षेत्र प्राय बन्द छन् । मानिसहरूको रोजगारी तथा वैदेशिक मुद्रा आर्जनमा असर पारेको छ । सन् २०१९ मा जम्मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए भने यो वर्ष पर्यटक घट्ने सम्भावना बढी छ ।  

 जसको कारणले गर्दा हवाई क्षेत्र, यातायात, होटल, रेष्टुरेन्ट, मठ मन्दिर क्षेत्र प्राय बन्द छन् । मानिसहरूको रोजगारी तथा वैदेशिक मुद्रा आर्जनमा असर पारेको छ । सन् २०१९ मा जम्मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए भने यो वर्ष पर्यटक घट्ने सम्भावना बढी छ ।  

उद्योग र कल–कारखानामा परेको असर
कोरोना भाइरसको कारणले गर्दा उद्योग र कलकारखानालाई पनि नराम्रो असर पारेको छ । उद्योग र कलकारखाना प्राय बन्द छन् । उत्पादन भएको छैन । सो कारणले उद्योग र कलकारखानामा काम गर्ने कामदार तथा मजदूरको आम्दानी तथा रोजगार छैन । नेपालमा लकडाउन खुले पछि पनि विश्वव्यापी रुपमा फैलिएको भाइरसको कारण भारत लगायत अन्य राष्ट्रमा अझै महामारी कायम रहने हँुदा कच्चा पर्दाथ सजिलै प्राप्त्त गर्न कठिन हुने अवस्था देखिएको छ । कोरोना भाइरसको कारणले गर्दा उद्योग र कलकारखाना पारेको असर कम गर्न साना, मझौला र लघु उद्योगको उत्पादनमा जोड दिनु पर्दछ ।  

कृषि क्षेत्रमा परेको असर 

कोरोना भाइरसको कारणले लकडाउन हुँदा कृषि क्षेत्रमा पनि नराम्रो असर पारेको छ । कृषि क्षेत्रमा उत्पादन तथा वितरण राम्रो हुन सकिरहेको छैन । किसानको दुध, तरकारी, फलफूल, माछा, मासु, अण्डा तथा पशुपालन, कुखुराको लागि चाहिने दाना र खाद्यवस्तु वितरण राम्रोसँग हुन सकिरहेको छैन । त्यसको लागि कृषकलाई कृषि उत्पादनमा जोड दिई लकडाउन गरेको समयको सदुपयोग हुनाका साथै आयातमूखी अर्थतन्त्रलाई कम गरी कोरोना भाइरसको संक्रमणपछि आउने खाद्य संकटलाई कम गर्न सकिन्छ । 

शैक्षिक क्षेत्रमा परेको असर

कोरोना भाइरसको कारणले शैक्षिक संस्था सबै बन्द भएका छन् पठनपाठन भएको छैन । भर्ना प्रकिया अवरुद्ध छ । कुनै कुनै स्कूलहरूले अनलाइन पद्धतिद्वारा पठनपाठन सुरु गरेका छन् । स्कूलहरू, कलेजहरूको परीक्षरू हुन सकिरहेको छैन परीक्षाहरू स्थगित भएको छ । जसले गर्दा शैिक्षक संस्थामा पनि असर पारेको छ । 

बैंक बीमा तथा वित्तीय संस्थामा परेको असर

कोरोना भाइरसको कारणले गर्दा बैंक, बिमा तथा वित्तीय संस्थाहरू सीमित्त शाखाहरू निश्चित समयको लागि मात्र खोलेर सेवा दिइरहेका छन् । लकडाउन भएकोले सीमित्त शाखाहरू निश्चित समयका लागि मात्र खोलिने हुँदा ग्राहकहरूको आवतजावत एकदमै न्यून हुँदा कारोबार भइरहेको अवस्था छ । बंैक तथा वित्तीय संस्थाबाट ऋण लगेका ग्राहकहरूले ऋण समयमा तिर्न सकिरहेका छैनन् । अहिले तिर्न सक्ने क्षमता पनि कम छ किनकी प्राय सबै व्यापार तथा व्यबसाय बन्द छन् । त्यस्तै धितोपत्र बजार बन्द छ ।

विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले बढेर ५९२ अर्ब ४२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आय २३.४ प्रतिशतले वृद्धि भएको थियो ।

 

व्यापार तथा व्यवसाय क्षेत्रमा परेको असर

नेपाल आयातमूखी अर्थतन्त्र भएको मुलुक भएका कारण नेपालको व्यापार तथा व्यवसाय परनिर्भर छ । अझ भन्ने हो भने भारत उन्मुख छ । कोरोना भाइरसको कारणले गर्दा व्यापार तथा व्यवसाय अत्यावश्यक सेवा औषधि तथा औषधि जन्य पर्दाथ, ग्यास, खाद्यान्न बाहेक अन्य सेवा बन्द भएका छन् । जसले गर्दा आयातमूखी अर्थतन्त्रमा केही हदसम्म आयात घट्ने सम्भावना देखिएको छ । त्यस्तै निर्यातमा नेपालले खासै सुधार गर्ने देखिदैन । 

नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा भने कुल वस्तु व्यापार घाटा ८.८८ प्रतिशतले संकुचन भई ९०३ अर्ब ७१ करोड कायम भएको छ । बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकताका साथै उत्पादनमा जोड दिई लकडाउन गरेको समयको सदुपयोग हुनाका साथै आयातमूखी अर्थतन्त्रलाई कम गरी आयात कम गर्न मद्दत पुग्दछ । 

मनोरञ्जन क्षेत्रमा परेको असर

कोरोना भाइरसको कारणले गर्दा मनोरञ्जन क्षेत्रमा पनि गम्भिर असर परेको छ । सिनेमा हल, क्यासिनो, चिडियाघर, केबुलकार, खेलकुद जस्ता क्षेत्रहरू पनि प्रभावित भएको छन् । 

विप्रेषण क्षेत्रमा परेको असर 

कोरोना भाइरसको प्रभाव नेपाल मात्र नभई विश्वव्यापी असर पारिरहेको छ । नेपाल विप्रेषण९ रेमिट्यान्स०मा निर्भर रहेको देश हो । यहाँबाट विदेशमा श्रम गर्न जानेको संख्या ६० लाख भन्दा बढी छ । नेपालमा विप्रेषण आप्रवाहको प्रवृत्ति अध्ययन गर्दा आर्थिक वर्ष २०६५/६६ मा २०९ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५/७६ मा ८७९ अर्ब पुगेको छ । तथापि, वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरूमा विप्रेषणको वृद्धिदर खुमिच्दै गएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केहि कमी आएको छ । आर्थिक वर्ष २०७६र७७ को आठ महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले बढेर ५९२ अर्ब ४२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आय २३.४ प्रतिशतले वृद्धि भएको थियो । यसै पनि पछिल्ला वर्षहरूमा विप्रेषणको वृद्धिदर कम हुँदै गएको छ भने अहिले आएर नेपालमात्र नभई विश्वव्यापी पारिरहेको असरले गर्दा विदेशमा श्रम गर्ने श्रमिकको रोजगारीमा व्यापक कटौती हुने समस्याको कारणले विप्रेषण आप्रवाह कमी आउने देखिन्छ । 

विकाश निर्माण क्षेत्रमा परेको असर 

लकडाउनका कारणले अहिले विकाश निर्माणमा पनि असर गरेको छ । सम्र्पूण उद्योग र कलकारखानाहरू प्राय सबै बन्द अवस्थामा छन् । जसले गर्दा विकाश निर्माणमा चाहिने सर सामानहरू, कामदारहरूका साथै सरकारी प्रक्रियाबाट पनि बजेट प्राप्त नहुने, कामदारहरू आवतजावत गर्न गाह्रो हुने कारणले गर्दा विकाश निर्माण एकदमै न्यून भइरहेको अवस्था छ । जसले गर्दा विकाश निर्माणमा काम गर्ने कामदारहरू तथा मजदूरको आम्दानी तथा रोजगार गुमेको छ । 

ब्याजदरमा निश्चित प्रतिशत छुटको प्रावधान राख्ने, लगानी नीती खुकुलो, कर्जाको अवधि निश्चित समयको लागि थप, विदेशबाट आएर नेपालमा लगानी गर्न चाहने व्यक्तिलाई सहजीकरण, कृषि तथा अन्य उत्पादनशील क्षेत्रको लगानी गर्न चाहने व्यक्तिलाई करमा छुट  दिन आवश्यक छ ।

 

वैदेशिक लगानी परेको असर

कोरोना भाइरसको असर नेपालमात्र नभई विश्वव्यापी रुपमा परेकोले विदेशी राष्ट्रहरूले लगानी गर्ने सम्भावना एकदमै न्यून रहेको अवस्था छ  । सबैतिर त्रास छ लगानी गरी आफ्नो लगानी सुरक्षित गर्ने वातावरण छैन । विकास साझेदारहरू आफै समस्यामा भएकोले सहयोग गर्ने सम्भावना एकदमै न्यून रहेको अवस्था छ ।

स्वास्थ्य क्षेत्रमा परेको असर 

कोरोना भाइरसको कारण स्वास्थ्य क्षेत्रमा नराम्ररी असर गरेको छ । अस्पतालहरू खुलेपनि अत्यावश्यक सेवा र कोरोना भाइरसको बिरामीको मात्र चेकजाँच हुने गरेको छ । अरु सामान्य बिरामीहरू कोरोना भाइरस सर्ने डरले घरमै बस्न बाध्य छन् । जसले गर्दा आम्दानी एकदमै न्यून छ । 
अन्त्यमा, कुनै पनि समस्या आएपछि त्यस समस्यालाई चुनौतीको रुपमा लिई समाधान गर्नु नै हामी नेपालीको संस्कृति हो । हामीले सन् २०१५ मा गएको विनाशकारी भूकम्प र नाकाबन्दी जस्ता विभिन्न कठिनाइ पार गरिसकेका छौ । त्यसैले सरकारले छिटो भन्दा छिटो कोरोना भाइरसको संकमित क्षेत्र जिल्ला, प्रदेश, स्थानीय तहको पहिचान गरी परीक्षण गरि अन्य क्षेत्र खुल्ला गर्नुपर्दछ । 

त्यसैले चुनौतीलाई अवसरको रुपमा बदल्नु नै हामी सबैको कर्तव्य र जिम्मेवारी हुन आउँछ । नेपालमा भएका सबै राजनीतिक पाटी एक ठिक्का भई हामी सबै मिली यसको समाधान गर्नु पर्दछ । यसको लागि सरकारी तवरबाट विभिन्न सहुलियत राहत दिनु पर्दछ । 

भष्ट्रचार गर्ने र्कमचारीलाई कारबाही गर्ने । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका उद्यमी व्यवसायीलाई ब्याजदरमा निश्चित प्रतिशत छुटको प्रावधान राख्ने, लगानी नीती खुकुलो, कर्जाको अवधि निश्चित समयको लागि थप, विदेशबाट आएर नेपालमा लगानी गर्न चाहने व्यक्तिलाई सहजीकरण, कृषि तथा अन्य उत्पादनशील क्षेत्रको लगानी गर्न चाहने व्यक्तिलाई करमा छुट  दिन आवश्यक छ ।

 प्राइभेट तथा सरकारी तवरमा समन्वय गर्ने, विकाश निर्माणका महत्वर्पूण तथा अत्यावश्यक आयोजनाहरू छनोट गरी बजेट निर्माण गर्ने, कोरोना भाइरसको महामारी भएका देशहरूसँग अत्यावश्यक काम बाहेक मानिसहरूको आवजजावत तथा हिड्डूल बन्द गर्ने, स्वास्थ्य क्षेत्रको लागि बजेटको रकममा बृद्धि गर्ने, औषधि तथा औषधि जन्य पदार्थ उत्पादनमा जोड दिने, कृषि क्षेत्रमा परेको असर कम गर्न स्वदेशी उत्पादन तथा वितरणमा जोड दिने, कृषि क्षेत्रमा बजेटको दायरा बढाइ आधुनिक कृषि प्रविधिमा जोड दिने, बैंक, बीमा तथा वित्तीय संस्थामा आधुनिक प्रविधि इन्टरनेट  बैंकिङ, मोबाइल बंैकिङ जस्ता प्रविधिलाई जोड दिने गर्नुपर्दछ । 

प्रतिक्रिया दिनुहोस