
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ ।
युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस