aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अझै तीन दिन पानी पर्छः मौसमविद्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
अझै तीन दिन पानी पर्छः मौसमविद्

काठमाडौं । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । शुक्रबार  शनिबार र आइतबार देशका विभिन्न ठाउँमा हिजो अस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् । 

मौसमविद्का अनुसार आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।

प्रतिक्रिया दिनुहोस