
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आलोचित बन्न पुगेका छन् । आफ्नो विवादास्पद भनाइका कारण आलोचित बन्न पुगेका हुन् ।
शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको छ ।
साथै ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेको थियो । बीबीसीका अनुसार यो उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको जनाएको छ ।
कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको डाक्टरहरुले बताएका छन् । यसअघि ट्रम्पका अन्य अधिकारीहरुले पनि सूर्यको किरण र कीटाणुनाशक ‘इन्जेक्शन’ले सङ्क्रमणलाई मार्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस