aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लकडाउनबारे आइतबार मात्रै निर्णय गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
लकडाउनबारे आइतबार मात्रै निर्णय गरिने

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आजको बैठकले यसको निर्णय गरेको छैन् । 

एक मन्त्रीका अनुसार आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित आजको बैठक सकिएको छ । लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने बताइएको छ । 

केही ठाउँमा कोरोनाको जोखिम कम देखिएकाले खुकुलो पार्ने र सङ्क्रमण देखिएका र जोखिम रहेका ठाउँमा थप कडाइ गर्ने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस