
काठमाडौँ । पाँच वर्षअघि आजकै दिन गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु भई भूकम्प जाँदा नेपालले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोर्नु परेको थियो।
विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पको आज पाँचौँ स्मृति दिवस हो । ११ बजेर ५६ मिनेटमा विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार व्यक्तिले ज्यान गुमाउनुपर्यो भने मुलुकले करिब रु सात खर्ब बराबरको आर्थिक क्षति बेहोर्नुपर्यो । ७।६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए । करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए । लाखौँ मानिस घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।
भूकम्पले पुर्याएको क्षतिको हालसम्म पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट रु तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत् रु ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ । धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै पुनःनिर्माण एवं पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव एवं सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेको प्राधिकरणले जनाएको छ ।
भूकम्पले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माण यसरी भइरहेको छ, हेरौँ केही तस्वीर:
प्रतिक्रिया दिनुहोस