aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्रपतिले खारेज गरिन् अध्यादेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
राष्ट्रपतिले खारेज गरिन् अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश गत सोमबार जारी गरेकी थिइन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको थियो। 

प्रतिक्रिया दिनुहोस