
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शुक्रबारको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका दुइ अध्यादेश फिर्ता गर्ने निर्णय भयो । सो निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छन्।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भन्दा आफ्नै पार्टीभित्रकाहरूले धेरै विरोध गरेपछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिनुपरेको बताएका छन्। एक मन्त्रीले जनाए अनुसार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नुस् भने पनि आफ्नै पार्टीभित्रकाले बढी विरोध गरेकोले अध्यादेश फिर्ता लिन बाध्य भएका हुन् ।
विपक्षी दलको नेताले यस्तो भने पनि आफ्नै पार्टीका नेताहरूले भैंसेपाटी खुमलटारमा भेला गर्दै विरोध गरेको प्रधानमन्त्रीको गुनासो थियो।
प्रधानमन्त्री ओलीले कानुन संविधानअनुसार राष्ट्रको निम्ति राम्रो होस् भनेरै अध्यादेश ल्याएको भए पनि सत्तापक्षकै नेताहरूले फिर्ता लिने भनेपछि हाललाई पछि हट्नु परेको पनि जिकिर गरेका थिए।
प्रतिक्रिया दिनुहोस