aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

आज दिनभर कस्तो रहला मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
आज दिनभर कस्तो रहला मौसम ?

काठमाडौं । देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ । यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस