aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लकडाउनका विषयमा आज निर्णय हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
लकडाउनका विषयमा आज निर्णय हुने

काठमाडौं ।  सरकारले तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज लकडाउनको विषयमा निर्णय गर्ने भएको हो । 

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस