
काठमाडौं । काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटनाहुँदा एकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पाटुमा शनिबार बिहान बस पल्टिँदा सह–चालकको घटनास्थलमै मृत्यु भएको हो ।
बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा सह–चालक बाबुराम विश्वकर्माको बसको हुडले किचिएर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।दुर्घटना लगतै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले लकडाउनमा काठमाडौंमा अलपत्र परेका आफ्ना नगरका स्थानीयलाई बस व्यवस्थापन गरेर लगेको थियो । बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाडौँबाट यात्रु लिएर उदयपुर हिडेको थियो।
प्रतिक्रिया दिनुहोस