aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

किमको स्वास्थ्य बन्यो थप रहस्यमय, चीनले पठायो चिकित्सक टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
किमको स्वास्थ्य बन्यो थप रहस्यमय, चीनले पठायो चिकित्सक टोली

चीन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको स्वास्थ्यबारे थप रहस्य उत्पन्न भएको छ । उनको स्वास्थ्य स्थिती अत्यन्तै खराब रहेको देखि मृत्यु नै भइसकेको भन्ने समाचारहरु संसारभरका मिडियामा आइरहेका छन् । यसैबिच चीनले विशेष स्वास्थ्य टोली त्यता तर्फ पठाएपछि उत्सुकता थपिएको हो । 

अन्तराष्टिय सञ्चार माध्यम रोयटर्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको हो।

तर सो कुराको पुष्टि भने हुन सकेको छैन। समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेका छन्। 

एक उत्तर कोरियाली अनलाईनका अनुसार उनी बिस्तारै निको हुन थालेका छन्। तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उनी चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन्। तर उनको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस